अस्थिरताको इतिहास
May 5, 2009 at 11:43 am Leave a comment
04 मे, 2009 16:51 GMT सम्मका समाचारहरु
साथीलाई ई मेल गर्नुस् छाप्न मिल्ने
अस्थिरताको इतिहा
शुशील शर्मा
काठमाण्डू संवाददाता
कम्तीमा दुई वर्ष अर्थात नयाँ संविधान बनाउने पूर्वनिर्धारित समयसम्मका लागि पद संभालेका प्रधान मन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक वर्ष पनि नपुग्दै पद त्याग्न बाध्य भएका छन्।
प्रचण्ड
प्रचण्ड पनि सरकारको असामयिक अवसानको क्रम भंग गर्न असफल भएका छन्
प्रधानमन्त्री प्रचण्डको राजीनामा छ दशक देखि जारी अस्थिरताको श्रृंखलाको एउटा अर्को कडी हो।
दिल्ली संझौता अन्तर्गत २००७ सालमा राणा शासनको अन्त्यसंगै सरकारको अस्थिरताको श्रृंखला शुरु भएको थियो।
मोहन शमशेरको नेतृत्वमा बनेको राणा-काँग्रेस गैह्रवामपन्थी संयुक्त सरकारबाट शुरु भएको यो श्रृंखलाको पछिल्लो शिकार प्रचण्डको वामपन्थी संयुक्त सरकार भएको छ।
सरकार अनेक
२००७ सालपछि शुरुमा राजाको सक्रिय नेतृत्व अन्तर्गतको बहुदलीय व्ववस्था र पछिल्लो चरणमा २०४७ साल पछि संबैधानिक राजा अन्तर्गतको बहुदलीय व्ववस्था दुबै प्रणालीमा धेरै किसिमका सरकारहरु बने।
तर नेपाली काँग्रेसका मातृकाप्रसाद कोइरालाको मनोनीत अन्तरिम सरकारदेखि नेपाली काँग्रेसकै वी पी कोइरालाको दुई तिहाइ बहुमतको निर्वाचित सरकारसम्म कसैले पनि डेढ वर्ष पनि पूरा गर्न पाएनन्।
राजाको निरंकुश शासन भनिएको तीस वर्षे पंचायत व्ववस्थामै पनि सूर्यबहादुर थापा देखि लोकेन्द्र बहादुर चन्द सम्म अनि तुल्सी गिरि र कीर्तिनिधि बिष्ट देखि नगेन्द्रप्रसाद रिजाल र मरीचमान सिंहसम्म कसैको पनि सरकारले तत्कालीन राष्ट्रिय पंचायतको पाँच वर्षे अवधि पूरा गर्न पाएनन्, न त राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन अन्तर्गतनै कुनै सरकार प्रमुख एक वर्ष भन्दा बढी टिके।
२०४६ सालमा प्रजातन्त्र पुनस्थापना भएपछि गिरिजाप्रसाद कोइरालाको एकल बहुमतको निर्वाचित गैह्र वामपन्थी सरकार होस् वा मनमोहन अधिकारीको अल्पमतको वामपन्थी सरकार कृष्णप्रसाद भट्टराईको बहुमतको सरकार होस् वा शेर बहादुर देउवाको संयुक्त सरकार सबैको नियति उस्तै रह्यो, न त सूर्य बहादुर थापा र लोकेन्द्र बहादुर चन्दका पछिल्ला प्रधानमन्त्रीय अनुभवहरुनै फरक रहे।
राजतन्त्र रहेको र संविधानसभा नभएको बेला शुरु भएको सरकारको अस्थिरताको यो क्रम गणतन्त्रको स्थापना र संविधान सभाकोगठन भएपछि भंग हुने कतिपयको आशा थियो।
तर राजतन्त्रको विधिवत उन्मुलन गरेको संविधान सभाको गठन र दुई तिहाई बहुमतको समर्थनका साथ गणतन्त्र नेपालको पहिलो निर्वाचित प्रधान मन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सरकारको असामयिक अवसानको क्रम भंग गर्न असफल भएपछि नेपालमा राजनीतिक स्थिरता मृगतृष्णा भएको छ।
Entry filed under: समाचार हरु.
Trackback this post | Subscribe to the comments via RSS Feed