सेनापति बर्खास्त गर्दाका परिणामहरू

May 5, 2009 at 11:42 am Leave a comment

प्रधानसेनापति रुक्माङगद कटवाललाई पदबाट हटाउने सरकारको निर्णयले संविधानसभाका धेरै दलहरुलाई आक्रोशित तुल्याएपनि एकीकृत नेकपा माओवादीको पंक्तिमा तरंग ल्याएको छ।

यो कदम कतिपय वरिष्ठ माओवादी नेताले सार्वजनिक रुपमै भन्दै आएको सत्ता कब्जातिरको एउटा छलाँग हुन सक्ने जति संभावना छ, उसका लागि यो उठ्नै नसक्ने दलदल हुने संभावना पनि त्यत्तिकै रहेको ठानिएको छ।

प्रधानसेनापति हटाउने निर्णय गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिक सर्वोच्चताको तर्क दिएका भएपनि सत्ताका सहयात्री सहित अरु दलहरुसंग एक्लिएर उनले एउटा जोखिम मोलेका छन्।

उनीमाथि संविधान बनाउन नभै नहुने सर्वदलीय सहमतिलाई सेनापति प्रकरणमा तिलान्जली दिएको गंभीर आरोप लाग्नेछ।

गणितीय खेलमा अरु दलहरुले माथ दिए भने माओवादीले सरकारबाट हात धुनुपर्नेछ।

यो खेलमा हार स्वीकार नगरे उसको प्रजातन्त्र प्रतिको प्रतिद्धतामा प्रश्न उठाउनेहरुलाई बल पुग्नेछ।

नैतिक संकट ?

राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो प्रजातान्त्रिक साख बनाउन संषर्षरत पहिलेको बिद्रोही दल माओवादीका लागि यो धक्का हुनेछ।

अनुमान गरिए अनुसारनै हटाइएका प्रधानसेनापति अदालतको शरणमा पुगे र अदालतले सरकारको निर्णय उल्ट्याइदियो भने त सरकारका सामु गंभीर नैतिक संकट पर्नेछ।

देशका राष्ट्राध्यक्ष राष्ट्रपति रामवरण यादव स्वयंले प्रधानमन्त्रीको कदमलाई संविधान सम्मत नभएको ठहर गरेर असन्तुष्टी जनाउनु सरकारका लागि शुभ संकेत होइन ।

तर सिक्काको अर्को पाटो पनि छ।

सैनिक शक्तिको बलमा जोड दिंदै अगाडि बढेको माओवादीले एक्लो बलमा नेपाली सेनाको नेतृत्व बदल्दा आफ्नो प्रभाव अरु बढाउन सजिलो हुने ठान्नेछ।

यो नेपाली सेनामाथि नियन्त्रण राखी सत्तामा पकड जमाउने उसको घोषित नीति अनुकूलनै हुने देखिन्छ।

खेल

सबैको सहमति बिना सेनापति हटाउने कदमको आलोचना गरेका दलहरुको गणितीय खेलमा माथ खाएर नेकपा माओवादी सरकारबाट सडकमा पुग्यो भने त्यो स्थितिमा पनि उसलाई फाइदै हुने कतिपयको विश्लेषण छ।

विपक्षी दलको रुपमा माओवादी सडकमा पुग्दा सरकारले थेग्नै नसक्ने अराजकता र भद्रगोल उत्पन्न हुन सक्ने धेरैको आशंका छ।

तर अराजकता र भद्रगोलबाटै संपूर्ण सत्ता कब्जा गर्न सकिने कतिपय माओवादी नेताहरुको सार्वजनिक भनाई संझदा माओवादीले यसमा पनि घाटा भन्दा फाइदा देखेको हुन सक्छ।

दुई परस्पर विरोधी दवाबका बीच निर्णय लिंदा प्रचण्ड, सेनापति नहटाउन आएको राष्ट्रिय र अन्तर्राष्ट्रिय दवाबको सट्टा सेनापति हटाउन आफ्नै दल भित्रबाट आएको दवाबका सामु झुकेको देखिएको छ।

यसको परिणाम अहिलेनै अनुमान गर्न सजिलो नभएपनि स्पष्टीकरण सोधेको झण्डै दुई हप्तापछि प्रधान सेनापतिलाई हटाउने प्रधानमन्त्री प्रचण्डको कदमले नयाँ अडकलबाजीहरुलाई जन्म दिएको छ।

Entry filed under: समाचार हरु. Tags: .

माओवादी सहितको नयाँ सरकार गठनको पहल अस्थिरताको इतिहास

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Trackback this post  |  Subscribe to the comments via RSS Feed


Calendar

May 2009
M T W T F S S
« Apr   Jun »
 123
45678910
11121314151617
18192021222324
25262728293031

Most Recent Posts


%d bloggers like this: